FB_IMG_1696170065866

हसुलिया, १४ असाेज । कैलाली जिल्लाकाे कैलारी गाउँपालिका वडा नम्बर ५ बन्दरगौरहीकाे भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, अव्यस्थित बस्ती, मुक्तकमैया परिवारलाई जग्गाकाे निस्सा वितरण गरिएकाे छ ।

वडा नम्बर ५ काे भूमिहिनहरुलाइ निस्सा वितरण कार्यक्रम आइतबारको दिन बन्दरगौरहीबात सुरुवाट गरिएकमे कैलारी गाउँपालिका वडा नम्बर ५ काे वडा अध्यक्ष विष्णुप्रसाद चौधरी बताउनुभयाे । वडा नम्बर ५ मा ७ सय ३ जनालाई जग्गाके निस्सा वितरण गर्ने लक्ष्य लिएर सुरुवाट गरिएकमे पहिलाे दिन ३२ जन भुमिहिन, मुक्तकमैया, अव्यस्थित, दलित समुदायकाे परिवारलाई जग्गाकाे निस्सा वितरण गरेकाे उहाँले बताउनुभयाे । यस्तै सोमबार वडा नम्बर ५ स्थित मुक्तकमैया बस्ती सपना शिविरकाे मुक्तकमैयनहरुलाई जग्गाकाे निस्सा वितरण गर्ने वडा अध्यक्षले बताउनुभयाे।

लामाे समयबात बसेकाे जग्गाकाे कुनै प्रमाण नरहेकाे तर जग्गाकाे आज निस्सा पाए पछि खुशी लागेकाे महेश्वर कुमालले बताउनुभयाे । निस्सा वितरण वडा सदस्य भागुदास चौधरी, अनारकली चौधरी, पवित्रा परियार, मानबहादुर चौधरी, कार्यपालिका सदस्य, मनिराम कुमाल, वडा सचिव सोनुराम चौधरीलगायतसले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ