धनगढी २९ फल्न्गुन। संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले माओवादी केन्द्रमा नफर्किने बताएका छन्।
आफुहरु अझै पनि पार्टी एकताको पक्षमा रहेको बताउँदै मन्त्री चौधरीले पार्टी एकताको लागि नेकपा एमालेमै रहने बताएका हुन्।
नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी आएको सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने बताउँदै मन्त्री चौधरीले दिनेशखबरसँग भने, “हामी पार्टी एकताकै पक्षमा छौ।
अझै पनि त्यही चाहान्छौ। माओवादी केन्द्रका नेतृत्वलाई एकताको लागि दवाब दिनलाई पनि एमालेमा रहन्छौ।” मन्त्री चौधरी माओवादी केन्द्रबाट अघिल्लो निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र न. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
यसैबीच नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले अर्का माओवादी नेता लेखराज भट्टलाई एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएका छन्।
मन्त्री चौधरीलाई पनि सम्मानजनक हैसियत प्रदान गर्ने बताइएको छ।(साभार दिनेश खबर )