Advertisements
हसुलिया, २८ फाल्गुन। कैलालीको कैलारी गाउँपालिका–७ बिपदपुरस्थित सशस्त्र प्रहरीले वेवारिसे अवस्थाको काठ बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि लठ्ठाँघाटबाट खटिएको टोलीले कैलारी गाउँपालिका–७ बिपदपुरस्थित हुलाकी सडक खण्डमा बेवारिसे अवस्थामा ६ गोलिया काठ बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीकाअनुसार से १ त १७१८ नम्बरको ट्याक्टरमा लोड गरेर राखेको अवस्थामा ६८ दशमलव ०६ क्युफिट काठ बरामद गरिएको हो।
बरामद गरिएको काठ १ लाख रुपैयाँ र ट्याक्टर ५ लाख रुपैयाँ गरेर कुल ६ लाखको हुन आउने सशस्त्र प्रहरीले जनाएको छ।
काठ र ट्याक्टर आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय बसन्तामा राखिएको छ।