Screenshot_20240407-133310_Facebook

कैलाली । बातचित घरको एक वर्ष पुरा भएको छ । कैलालीबाट सञ्चालन हुदै आएको बातचित घरले साहित्यक कार्यक्रमसंगै थारु समुदायको अगुवाहरुसंग विभिन्न सवालमा बहस गर्दै आईरहेको छ ।

बातचित घरले एक वर्षको अवधिमा १६ वटा श्रृंखलामा कार्यक्रम गरेको छ । हाल सम्म शिक्षा, स्वास्थ्य, प्रविधि र थारु समुदायको पहिचानसंग जोडिएको सवालमा बहस गरेको बातचित घरको भल्मन्साले जानकारी दिए ।

बातचित घरको आज वार्षिकोत्सव थियो, सोही सन्दर्भमा १६औं श्रृंखला अन्तर्गगत संविधान सभा सदस्य तथा पूर्व मन्त्री डा. गोपाल दहित र थारु आयोगका सदस्य शान्ती मोदीसंग थारु भाषा संस्कृतिको प्रगति, प्रयास र चुनौतीको विषयमा बहस भएको थियो ।

यस्तै बातचित घरलाई सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई सम्मान पत्र समेत वितरण गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ