IMG_9785
Advertisements

धनगढी, ४ चैत। देशभरमै तालतलैया बढी भएको जिल्लामध्ये कैलाली पर्छ । यहाँ दर्जनौँ प्राकृतिक ताल छन् । वन क्षेत्रमा रहेका तालहरु जैविक र प्राकृतिक तालहरु महत्वपूर्ण छन् । विश्व रामसार सुचीमा सुचीकृत घोडाघोडी ताल पनि यहीँ पर्छ । कैलालीमा डेढ सयभन्दा बढी तालतलैया रहेको तथ्यांक छ ।

रखाैना ताल (तस्बिर/मोती रत्न)

तर प्राकृतिक तालहरुको उचित संरक्षण हुन सकेको छैन । जसले गर्दा कतिपय तालहरु मासिएका छन् । कतिपय नासिने क्रममा छन् । संरक्षणको अभावमा मासिएर कतिपय तालको अस्तित्वनै समाप्त भएको छ । उचित संरक्षण नहुने हो भने महत्पूर्ण तालतलैयाहरु नासिने र तिनिहरुको अस्तित्व मेटिने निश्चित छ ।

रखाैनी ताल (तस्बिर/मोती रत्न)

संरक्षणको अभावले कतिपय तालहरु सुकेका छन् । भजनी नगरपालिकाको चर्रामा रहेको पुरैना ताल सुकेको केही वर्ष भएको छ । बसन्ता वन र दुधुवा नेशनल पार्कको ‘कनेक्टीभिटी’ नजिक पर्ने भएकाले यो ताल महत्वपूर्ण मानिन्थ्यो । तर अहिले यसक तालको नामोनिशान छैन ।

भजनीमै रहेको बञ्जरिया तालको अस्तित्व पनि संकटमा छ । सो ताल पनि विस्तारै सुक्दै गएको छ । कैलालीमा तालहरु सुक्दै र अस्तित्व हराउँदै जान थालेको यो दुई वटा उदाहरणमात्र हो । अन्य तालहरु पनि यसरी सुक्दै र हराउँदै जान थालेका छन् तर तिनिहरुको संरक्षणमा सम्बन्धित निकाय र सरोकारवालाको ध्यान जान सकेको छैन ।

रखाैना ताल (तस्बिर/मोती रत्न)

कैलालीमा पर्ने बसन्ता जैविक मार्ग अन्तर्राष्ट्रिय महत्वको जैविक मार्ग हो । त्यसैले यसभित्र रहेका तालहरु जैविक विविधताले महत्वपूर्ण मानिन्छन् । बन्यजन्तुलाई पानी पिउनमात्र नभइ जैविक विविधताले भरिपूर्ण बसन्ता संरक्षित क्षेत्रभित्रकै तालहरु संकटमा छन् ।

तालहरु हिउँदमै सुक्ने क्रम बढ्न थालेको छ । जलप्रााणी र वन्यजन्तुका लागि महत्वपूर्ण तालहरु तहसनहस भइसकेका छन् । बसन्ता वनमा रहेका सिमसार मासिने क्रम बढेको छ । वनमा रहेका प्रायः सबै प्राकृतिक ताललाई माछा पालनका लागि ठेक्का दिइएको छ । ठेकेदारले जथाभावी तालको दोहोन गर्ने र सुकाउने गरेकाले सिमसारमै धक्का पुगेको हो । 

रखाैना ताल (तस्बिर/मोती रत्न)

प्राकृतिक तालहरुलाई आम्दानीको नाममा जथाभावी दोहन गर्दै जाने तर संरक्षणमा ध्यान नदिनेको हो भने भविष्यमा यी तालहरुको मात्र होइन, सिमसार क्षेत्रको समेत अस्तित्व नरहने खतरा छ । स्थानीय तहले तालहरुको संरक्षणमा ध्यान दिनुपर्छ भने अर्कोतिर ताललाई आम्दानीको लागि प्रयोग गर्दा पनि संरक्षणलाई प्राथमिकतामा राख्नुपर्छ । (पश्चिम टुडेबात)
 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ