Screenshot_20240724-174721_Facebook

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । दुर्घटनामा घाइते भएका चालक मनिष शाक्यलाई उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।

पाइलट मनीष शाक्यको भने केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सक डा. विशद दाहालले उहाँको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उहाँको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँको शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार कक्षमा उपचार भइरहेको छ । थप उपचारपछि मात्र उहाँ कति गम्भीर हुनुहुन्छ भन्न सकिन्छ ।”

यस्तै, जहाजमा सवार अन्य १८ यात्रुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

त्यसैगरी, जहाजमा एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज श्रेष्ठ, आश्विन निरौला, सुदीपलाल जोशी, सर्भेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महताे, पुण्यरत्न शाही, अरेफ रेडा सवार थिए ।

सौर्य एयरलाइन्समा सवार व्यक्तिहरूको नामावली

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ