Screenshot_20240821-144928_Facebook
Advertisements

हसुलिया, २८ भदौ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ५ र ७ पुनः डुबान परेको छ ।
अविरल बर्षाका कारण कैलारी–५ स्थित पुरान मन्कापुर, बैजपुर र वडा नम्बर ७ स्थित छटकपुर बसन्ता, बरका बसन्ता, भुइयाँफाटा, रामपुरलगायत गाउँ बाढीले प्रभावित भएको इलाका प्रहरी कार्यालयका प्रमुख लोकेन्द्रबहादुर चन्द बताए ।
कैलारी वडा नम्बर ५ पुरान मन्कापुरका १६ घरमा बाढी पसेको उनले बताए । त्यसैगरी वडा नम्बर ७ स्थित बसन्ताको राष्ट्रिय आधारभूत विद्यालयमा बाढ पसेकोले पठनपाठन प्रभावित भएको छ ।
वर्षासँगै चलेको हावाहुरीले सुदूरपश्चिमको विभिन्न जिल्लाका धानबालीमा नोक्सान पु¥याएको छ । पसाउन लागेको धान हावाहुरीले सोतर पारेपछि किसानहरू चिन्तित बनेका छन् ।
हावाहुरीसँगै निरन्तर वर्षा समेत भइरहेकोले कैलाली र कञ्चनपुरमा डुबानको समेत त्रास बढेको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
पछिल्लो ६ घण्टामा कैलालीको भारी वर्षा भएको जनाएको छ । विभागका अनुसार, मोहना, खुटिया, कान्द्रा, घुराहा, कटैनी, पथरैया नदीको जलसतह बढ्दो क्रममा छ । नदीतटीय क्षेत्र र होचा स्थानमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ