हसुलिया,१६ जेठ । आगलागी जन्य विपद जोखिम न्यूनिकरण गर्नको लागी कैलारी गाउँपालिकाले दमकल खरिद गरेको छ। कैलारी गाउँपालिका बाढी डुबान कटान, पटानसंगै आगलागी विपदको उच्च जोखिममा रहेकोले त्यसको न्यूनिकरणको लागी दमकल खरिद गरेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जनाए ।
उहाँले भने‘ हाम्रो चुनावी दौरान रहेको बेला कैलाली गाउँपालिका वडा नम्बर ७ मा रहेको विपतपुर बस्तीमा आगलागी भएर ठुलो क्षति भएको थियो । हेर्दाहेदै बस्ती खरानीमा परिणत भएको थियो । गाउँपालिकामा दमकल भएको भए त्यति क्षति नहुने थियो ।’