163792967_151045206904765_4537430759438498597_n-2
Advertisements

धनगढी, ९ चैत । कैलालीको बसन्ता वन क्षेत्रमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटानको आदेशपत्र पुग्नमै ढिलाइ भएको छ ।

बसन्ता वनस्थित दुई किलोमिटर क्षेत्रमा रहेको एक सय रुख कटानका लागि गएको फागुन २६ गते नै मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर, सो निर्णय भएको दुई हप्ता पुगिसक्दा समेत हुलाकी राजमार्ग आयोजनाको कार्यालयमा पत्र आइपुगेको छैन । चाँडै पत्र प्राप्त नहुँदा रुख कटानको प्रक्रियालाई अगाडि बढाउन नसकिएको आयोजनाको कार्यालयले जानकारी दिएको छ । ‘मन्त्रिपरिषद्ले निर्णय गरिसके पनि अहिलेसम्म हामीकहाँ पत्र आइपुगेको छैन’, आयोजनाका इन्जिनीयर पदम मडैले भने–‘पत्र नआउँदा काम अगाडि बढेको छैन ।’

फोटो/प्रबीन बौखही

त्यसो त, सो सडकखण्डमा राजमार्ग निर्माणमा ढिलाइ भइसकेको छ । २०७३ मै सो खण्डमा राजमार्ग विस्तारका लागि ठेक्का भएको थियो । तर, रुख कटान आदेश प्राप्त नभएका कारण हालसम्म ट्रयाकसमेत खोलिएको छैन । सो खण्डमा काम गर्न ढिलो भएमा चालू आर्थिक वर्षभित्रै राजमार्ग निर्माणको काम सम्पन्न नहुने मडैले बताए ।

फोटो/प्रबीन बौखही

‘मन्त्रिपरिषद्ले निर्णय गरेको केही दिनभित्रै रुख कटानको काम भएको भए चालू आर्थिक वर्षभित्रै त्यहाँ हुलाकी राजमार्ग निर्माणको काम गर्न सकिन्थ्यो’, उनले भने । ‘तर, ढिलो हुँदै गइरहेको छ ।’ ढिलो भएमा बर्खामा काम गर्न नसकिने भएकाले चालू वर्षभित्रै राजमार्ग निर्माणको काम सम्पन्न हुने सम्भावना नरहने मडैले बताए । जम्मा १८ किलोमिटर बसन्ता बसन्ता वन क्षेत्रमा १४ किलोमिटरमा यसअघि नै काम सम्पन्न भइसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ