cm2021-03-23-12-00-05

धनगढी, १० चैत । नेकपा (माओवादी केन्द्र) का नेता हरी चौधरी ‘उत्सव’ ले सामाजिक सञ्जालमा पछिल्लो छ घण्टामा तीन वटा स्टाटस लेखे । तीन वटै स्टाटस माओवादी केन्द्र र सुदूर पश्चिम प्रदेश सरकारप्रति लक्षित छन् । सुदूरपश्चिम प्रदेश सरकार प्रति तिब्र असन्तुष्टि पोख्दै उत्सवले प्रदेश सरकारको नेतृत्व फेर्नु पर्ने आशय सहितको स्टाटस लेखेका छन् । उनी लेख्छन्, माओवादी केन्द्रले सुप सरकारको विकल्प बारेमा समयमा सोच्नु पर्छ ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता मुख्यमन्त्री त्रिलोचन भट्ट माओवादी केन्द्रको डोटीबाट निर्बाचित सांसद हुन् । माओवादी र एमालेबीचको सहमतीमा मुख्यमन्त्री भट्टले माओवादी नेता कार्यकर्तालाई संरक्षण र सहयोग नगरेको र माओवादी केन्द्रबाट मुख्यमन्त्री भएपनि माओवादी केन्द्रलाई पुरै वेवास्ता गरेको उत्सवको आरोप छ ।

. मुख्यमन्त्री भट्टको कार्यशैली र व्यबहार प्रति शुरुदेखि नै असन्तुष्ट भएपनि उत्सवले पहिलो पटक सामाजिक सञ्जालमा यसरी आक्रोश र असन्तुष्टि पोखेको भने पहिलो पटक हो ।खप्तड पर्यटन विकास समिति, प्रदेश नीति तथा योजना आयोग लगायतका आयोग र समितिमा नियुक्ति गर्दा माओवादी केन्द्रलाई वेवास्ता गर्दासम्म उत्सव मौन थिए । यद्दपि पछिल्लो पटक सुदूरपश्चिम प्रदेशको खेलकुदको सदस्य सचिव नियुक्तिमा समेत आफूहरुलाई वेवास्ता गरेपछि उत्सव ‘बिष्फोट’ भएका छन् ।अध्यक्ष प्रचण्डको अत्यन्त निकट मानिने उत्सवको थारु समुदायमा राम्रो पकड छ । माओवादी केन्द्रका तत्कालिन नेता लेखराज भट्ट र उत्सवकै जोडबलमा त्रिलोचन भट्ट मुख्यमन्त्री भएका हुन् । यद्दपि मुख्यमन्त्री भएपछि भने भट्टले लेखराज भट्टको साथ छोडे । माओवादी केन्द्रलाई वेवास्ता गरे । उत्सवहरुका सल्लाह र सुझाव सुनेनन । हरेक नियुक्ति र निर्णयमा एमाले नेता भीम रावल हावी भए । र पछिल्लो पटक खेलकुदको सदस्य सचिवमा माओवादी केन्द्रबाट नियुक्त गरिनु पर्ने र त्यसमाथि थारु समुदायबाट नियुक्त गनुृपर्ने उत्सवहको आग्रह थियो । उत्सव तिलक बहादुर चौधरीलाई सदस्य सचिव बनाउन चाहन्थे । तर उत्सवको त्यो आग्रह मुख्यमन्त्री र एमाले नेता रावलले सुनेनन । माओवादी केन्द्रका अत्यन्त अनुशासित नेता मानिने उत्सवले यसअघि कहिल्यै पनि पार्टी नेतृत्व र पार्टीको विषयमा सामाजिक सञ्जालमा टिप्पणी गरेका थिएनन । तर मुख्यमन्त्रीले भट्टले निरन्तर एमालेलाई काखी च्यापेको, एमाले नेता रावलको प्रभावमा परेर हरेक निर्णय र नियुक्ति गरेको र माओवादी केन्द्रलाई वेवास्ता गरेका कारण उत्सव भडकिएका हुन् । उत्सवले माओवादी केन्द्रले थारु समुदायलाई उपेक्षा गरेको उत्सवको आरोप छ । उनी सामाजिक सञ्जालमा लेख्छन्, माओवादी केन्द्रको सुपमा थारु समुदायको ठूलो समर्थन छ, तर यो समर्थन लाई बेवास्ता गर्दै हिड्ने क्रम जारी छ,प्रदेस सरकार, पार्टी केन्द्र ले समयमा बिचार गरोस ।

सुदूरपश्चिममा माओवादी केन्द्र कमजोर हुनु वा बिग्रनुमा नेता लेखराज भट्टमाथि आरोप लाग्दै आएको उत्सवले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, माओवादी केन्द्रमा सुप पार्टी बिग्रनुमा लेखराज भट्ट मात्र दोषी थिए त, बिचार गर्न्न आबश्यक छ नेता कमरेडहरुले ?(पश्चिम टुडेबाट)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ