jilla-prasasan-kailali
Advertisements

धनगढी, ११ चैत । कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कैलालीले विभिन्न प्रतिबन्धात्मक ब्यवस्थाहरु लागु गरेको छ ।
जसअनुसार भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउन पाइने छैन । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार चैत ११ गते बुधबार देखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल यस्तो आदेश जारी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागतका सेवा जनस्वास्थ्यको सुरक्षा मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ।


जारी आदेश अनुसार ज्वरो आएका यात्रुहरुको औलोको आरडिटी तथा सम्भव भएसम्म कोभिड १९ को एन्टिीजन परीक्षण गर्नु पर्नेछ। त्यस्तै, कार्यालय, संघ संस्था, शैक्षिक संस्थाहरुले पनि सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्ने, बैठक गोष्ठी वा सेमिनार भर्चुअल माध्यमबाट गर्नुपर्ने, अत्यावश्यक बैठक गोष्ठी वा सेमिनार गर्नु परे जनस्वास्थ्यको मापदण्डकोे पूर्ण परिपालन गर्नु पर्ने आदेशमा उल्लेख छ।
जारी आदेशको अवज्ञा गरिए संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ