(कविता) (मन्दाक्रान्ता छन्द) ‘ जोरायल !तेले अग्ला गिरिशिखरका – काखको फाँट सेरोकर्नासाले द्रवित दिनहूँ – सम्म भू–भाग मेरोवारी–पारी मनुजहरुका – गाउँ–बस्ती तमामहेर्दा मेरै नयन द्वयले – लाग्छ नैनाभिराम।।१।।यो धर्तीमा विगत युगका – सम्पदा छन् प्रसस्तपाण्डव कालिन सकल सृजना – सार हुन् यी समस्तयो माटो हो अघि समयकै – पूर्ण जलमग्न खासपाण्डव आई जलधि यसको – गर्दिए है निकास।।२।।लड्दै मारे बलगरि जरा – सन्ध त्यो दैत्यलाईत्यस्तै छोड्दा पछि निडर भै – पिर्दथ्यो लोकलाईयै माटोकै जलसतहमा – बस्दथ्यो रे लुकेरपानी सुक्दा यस धरणिको – भाग्न थाल्यो कुदेर।।३।।झट्टै दौडी पछि पछि गए – भीम त्यो दैत्य तर्फपक्री मारे नद युगलका – स्थान दोभान तर्फमारे आफ्ना प्रवल बलले – खड्गले दैत्यलाईदुष्टात्माको कुमति सब त्यो – कर्मनासा बगाइ।।४।।ज्वालादेवी शिरउपर छिन् – सिंहरुढा महानचण्डेश्वर छन् तल सतहमा – शैव झै दिव्य ध्यानकर्नासा यी अटुट जलले – बग्दछिन् नागबेलीमान्छू मैले धरणितल यो – स्वर्णकान्ता हवेली।।५।।चोखो संग्लो जलकण दिने – गोमती काफली हुन्तेलेबाटै त्वरित गतिले – उर्लिदै नित्य बग्छिन्ज्वालादेवी निवसित धरा – काख आफ्ना सजाईमिल्छन् दोटै पृथक नद ति – युग्म दोभान आई।।६।।मिल्दै बग्दा त्यसतलतिरै – कर्मनासा भयौ कि ?मार्दा सोेही स्थलतिर जरा – सन्धले छोइयौकीखै, के–के हो कथन अघिको – आज त्यो प्रष्ट छैनकर्नासामा विधि सहितको – स्नान सन्ध्या हुदैन।।७।।डाँडा काँडा वरपर अहा ! रम्याताका निशानीयै धर्तीमा प्रकृति सुखको – बोल्छ मीठो विहानीकर्नासाले कलकल गरी – गीत–गाथा सुसेल्छमर्यादामा कलम कविको– शब्दका साथ खेल्छ।।८।।कर्नासाले प्रस्रवित धरा – धाम जोरायलै होपाण्डव् कालिन सृजित रचना – नाम जोरायलै होयो हो साँच्चै यस धरणिको – रम्य भू–स्वर्ग खासछद्र्यौ मान्छे शुभकृति गरी – कर्ममा यो सुवास !।।९।।लेखक निर्मलकुमार भण्डारी,कैलाली

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ