FB_IMG_1775396123635

विश्वभरका इसाई धर्म मान्ने मानिसहरूले आज इस्टर सन्डे मनाएका छन्।
इस्टर सन्डेको अवसरमा आज काठमाडौंमा र्‍याली र कार्यक्रम गरिएको छ।

उपत्यकाका विभिन्न ठाउँबाट सुरु भएको र्‍याली दशरथ रंगशालामा पुगेर कार्यक्रममा बदलिएको छ।
इस्टर सन्डे यशु ख्रीष्ट पुनर्जीवित भएको विश्वासमा मनाइन्छ।

बाइबल अनुसार करिब दुई हजार वर्षअघि शुक्रबार यशुलाई जेरुसेलममा क्रसमा चढाइएको थियो।
त्यसको तेस्रो दिन, आइतबार, उहाँ पुनर्जीवित हुनु भएको थियो।
यसैले इस्टर सन्डेलाई यशुको पुनरुत्थानको दिन मानिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ