Screenshot_2026-07-11-09-31-59-134_com.facebook.katana-edit

काठमाडौं । शुक्रबार राति परेको अविरल तथा भारी वर्षापछि बागमती नदीमा जलसतह ह्वात्तै बढ्दा कीर्तिपुर नगरपालिका–१०, सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ।

बाढीको पानी होल्डिङ सेन्टरभित्र पस्दै गएपछि त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरू ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकतर्फ निस्किएका छन्। सुरक्षाकर्मीले डुङ्गाको सहायताले केही अत्यावश्यक सामान सुरक्षित स्थानमा सारेका छन् भने प्रभावितहरूको उद्धार कार्यलाई तीव्र बनाएका छन्।

पीडितहरूका अनुसार अधिकांश घरायसी सामग्री, लत्ताकपडा तथा दैनिक प्रयोगका आवश्यक सामान बाढीको पानीले भिजेर नष्ट भएका छन्। जलमग्न क्षेत्रका कारण धेरैले आफ्ना बाँकी सामानसमेत सुरक्षित स्थानमा सार्न सकेका छैनन्।

घटनास्थल अहिले पनि पूर्ण रूपमा जलमग्न रहेको छ। सुरक्षाकर्मी डुङ्गासहित निरन्तर उद्धार तथा राहत कार्यमा खटिएका छन् भने स्थानीयवासी सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ