accc2021-04-06-07-14-13

धनगढी, २४ चैत । कैलालीको गोदावरी नगरपालिकामा रोकिएको ट्रकमा कार ठोकिदाँ एकको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत अत्तरिया पानी ट्याँकी नजिक रोकिएको से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३४ नम्बरको कार ठोकिदाँ २५ वर्षीया किशोरीको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

कार र ट्रक ठोक्किदा कारका चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ वनसमितिका ३५ वर्षिय नरेन्द्र कुँवर घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदैछ। किशोरीको भने पहिचान खुलेको छैन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ