धनगढीः सुदूरपश्चिम प्रदेशका निजी अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारको लागि कोरोना वार्ड सञ्चालन गर्ने भएका छन्।
प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरुले संक्रमितहरुको उपचारको लागि वार्ड सञ्चालन गर्न लागेका हुन्। विहीबार भएको २ पक्षीय छलफलपछि सञ्चालन गर्ने सहमति भएको बताइएको छ।
निजी अस्पताल संघ सुदूरपपश्चिम प्रदेश (अफिन) अध्यक्ष जनकराज जोशीले प्रत्येक निजी अस्पतालहरुले ५ देखि १५ बेडसम्मको वार्ड सञ्चालनको लागि सहमति भएको जानकारी दिए।
सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिएपछि यहाँका निजी अस्पतालहरुले सरकारले सहयोग गरे १ सय बेडको अस्पताल सञ्चालनमा सहयोग गर्ने बताउ्रँदै आएका थिए। तर हाल उपयुक्त स्थान नभेटिएपछि निजी अस्पतालहरुले संक्रमितको उपचारको लागि छुट्टै कोभिड वार्ड सञ्चालन गर्ने भएका हुन्।
निजी अस्पतालमा हुने उपचार खर्च भने सरकारले नै व्यहोर्ने भएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरे्रन्द्र कार्कीले सरकारी अस्पतालमा हुँदै आएको सेवा सुविधा निजी अस्पतालबाट दिइने र सरकारले नै खर्च व्यहोर्ने जानकारी दिए।
उनले भने, “सामान्य प्रकृतिको छ, भने प्रति दिन प्रति विरामीको उपचार खर्च ३ हजार ५ सय रुपौयाँ हो। जटिल लक्षण भएका विरामीको हकमा ७ हजार र १५ हजार रुपैयाँ सरकारले उपलब्ध गराउँछ।”
प्रदेश सरकारले आइसीयूसहितको सेवा सञ्चालनको लागि गेटा मेडिकल कलेजको निर्माधिन भवनमा तयारी थालेको बताएको छ। जसको तयारी भइरहेको जनाइएको छ।