swastya-mantaralay

शंकर दत्त भट्ट ,२४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड खोप खरीद गर्ने अवस्था नरहेको जनाएको छ।शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रेस विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा भारतबाट थप कोभिशिल्ड खोप खरीद गर्नसक्ने अवस्था नरहेको जनाएका हुन्।

यसअघि कोभिशिल्ड खोप बिक्री गरेको भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले नेपाललाई प्राथमिकतामा राखेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, “सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ, थप ५० लाख मात्र कोभिशिल्ड खोप खरीद गर्ने अवस्था हाललाई रहेको छैन।”

यसै विषयलाई लिएर स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण दिँदै तत्काल थप कोभिशिल्ड खोप खरीद गर्ने अवस्था नरहेको जनाएको हो। अन्य कम्पनीका खोप खरीदका लागि कूटनीतिक तथा अन्य माध्यमबाट प्रयास भइरहेको मन्त्रालयले जनाएको छ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ