धनगढी२८ बैशाख। शुक्रबार सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १५७६ नमूना पीसीआर तथा ४३० नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल २ हजार ६ नमूना परीक्षण गर्दा ९६४ जनामा रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
एक हजार ५ सय ७६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८७५ जना संक्रमित भेटिएका छन् भने, ४३० जनाको ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ८९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५७६ जनाको नमूना परिक्षण गर्दा थप ८७५ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १०५४ नमूना परीक्षण गर्दा ५३४ जना, महाकाली अस्पतालमा १३३ नमूना परीक्षण गर्दा १०९ जना, डडेल्धुरा अस्पतालमा १०४ जनाको नमूना परीक्षण गर्दा ३९ जना, डोटी अस्पतालमा ९६ नमूना परीक्षण गर्दा ६० जना, बैतडी अस्पतालमा जनाको नमूना परीक्षण गर्दा ५२ जना र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।