168968757_1976588555814543_8821906823444356689_n

अनिल थारू

तिम्रो खस्रो रबाफ ले अक्सिजनको अभाव नदेख्दा

कोरोना ले कब्जा गरी

समवेदनाका गुच्छाहरु पालैपालो कोच्दैछ

हेर चिहानका चिसा खल्टीहरुमा उन्मुक्त हाँसो हाँस्दैछ

कोरोना सरकारको कमजोरी

अनि स्वयम मेरा सानो गल्तीहरूमा !

तिमी सम्राज्यको सम्राट चुनीरहदा

कोभिडले कालो जाल बुन्दै थियो !

तिमी निर्धक्कले सफठ खाँइरहदा

कोभिडले सर्लक्क बस्ती जफट गर्दैथियो ,

कलिला कोपिलादेखी,

फक्रिएका फुलसम्म

गाँउ सहर अनी स्कुल सम्मसलहझै सखाप पार्दै

डढेलो झै सल्कीदैछ कोरोना

राजादेखी रैतीसम्म लाइ

आहारा बनाउन पल्कीदैछ कोरोना !

चट्टान झै अडान लिई ठिङ्ग उभिएको छ

कोरोनाको पहाड साथमा मजबुट बेसारपानी कोभरपर्दो राहत !

जटन गरी अम्बाका कलिला मुनाहरू सर्वत्र छन

यत्रतत्र सान्तवनाका नमुनाहरू !

उपचार किन्न पनि नेटा चिन्न पर्ने

समाजसेवीको सेवा लिन क्यामेराको कैदी हुन पर्ने !

कित भेडा हुनुपर्ने नत्र महाजनहरु कोरैटी हुनु पर्ने !

हाम्रा समस्याको पहल त परको कुरो कांइते छलफल नि हुदैन !

अण्डा बिग्रेर निस्केका झण्डाका पारखी हरु

भागवण्डा मै लिप्त छन, .

नेतागणका नेत्रहरु पनि सत्ता र भत्ता मै मस्ट छन

नाङ्गो र चर्को स्वरमा चिच्याउन मन लाग्छ

आत्म बली कसरी चढाऊ ?

श्रद्धाञ्जलीका गोती रोक्ने पहल गरिदेउ

फक्रन नपाइ झर्दैछन अबोध फुलहरू

नियन्त्रण गर्न छलफल गरिदेउ

निर्दोष जीवन माठी राजनिती रोकिदेउकृपया लाजनीति रोकिदेउ !!

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ