152022653_453852029148379_992504736974560714_n

@गणेश वर्तमान

म जवान थिएँ जतिखेर! मेरा नातागोता,इष्टमित्र झुमिन्थे म सँग!अहिले समय फेरिएछ क्यारे!मेरो कपालको कालो केसमा हिउँ परेको छ!मेरो अनुहार खालि प्लास्टिकको बोटल झै कच्याक कुचुक भएछ!”मामा म आफुलाई बिर्सन सक्छु!तर हजुरलाई सक्दैन!” भनेर मेरो भान्जा बाबुले भन्थे!उनले आफ्नो आमबुबालाई भन्दा बढ्ता प्रेम गरेको जस्तो महसुस गर्थें मैले !अस्ति भर्खरै भान्जा अमेरीकाबाट आए!”मामा सबैभन्दा सुरुमा हजुरलाई भेट्न आएँ!”मेरो घरमा आएर भन्लान सोचेको थिए!तर त्यसो भएन!भान्जा एक महिना सम्म भेट्ने त परको कुरा फोन सम्म गरेनन् !त्यसपछि मैले नै फोन गरे!”हेलो,को हुनुहुन्छ ?””म तिम्रो मामा के त!””मामा ढोग गरौ है,हजुरलाई सबैभन्दा पहिले भेट्छु भनेको थिए!फुर्सद नै मिलिराछैन!”यति बोलेर फोन काट्यो!त्यसपछि सोचे मनमनै मैले!”सायद नाता पुरानो भएछ!”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ