sudur pachhima pradesh.JPG

धनगढी,३० साउन । सुदूरपश्चिममा शनिबार १८ जनामा कोभिड–१९को संक्रममण पुष्टि भएको छ। प्रदेशभर ८ सय ७९ जनाको नमुना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेशभर एन्टिजेन बिधिबाट ७ सय ७३ जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पिसिआर बिधिबाट ११६ जनाको कोरोना परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य निर्देशनालय दीपायल डोटीले जनाएको छ । 

यस्तै प्रदेशमा आज ३८ जनाले कोरोना जितेर घर फर्किएका छन्। हाल सम्म प्रदेशमा ५७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भने, ४५ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ