गुरहि
Advertisements

हसुलिया, २९ सावन । पश्चिमा थारु समुदायहरु शुक्रबारको संगे गुरही पर्व मनाएका छन । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गुरही पर्व दाङदेखि पश्चिम कञ्चपुरको थारु गाउँमा भव्यताको साथ मनाएको छ ।


थारु समुदायले यो पर्वलाई वर्षको शुरुवातको रुपमा लिइने गर्दछन् । विगत एक दशक यता थारु समुदायले आफ्नो हकअधिकार तथा पहिचानको रुपमा मनाउँदै आएको छ ।कोभिड–१९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै भीडभाड नगरी आ–आफ्नो गाउँ घर टोल समुदायमा ‘आफू बचौँं र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित सुरक्षित ढङ्गले गुरही मनाउन लागेको आयोजकको भनाई छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकोले यस पर्वलाई थारु समुदायले देशैभरका थारु समुदायले धुमधामकासाथ मनाउने गर्दछन् 

कैलारी गाउँपालिका-६, बेनौली निवासी पत्रकार तथा साहित्यकार दुर्जन चौधरी लेख्नुहुन्छ, “२०७८ सालके सक्कु जहन गुरहीके बहुट बहुट शुभकामनासाथे हमार बहुउद्देश्शीय सहकारी संस्था लिमिटेडके समुदघाटन गरियो”

कैलारी गाउँपालिका-५, बैजपुर निवासी गायिका तथा कवियित्री कविता काब्य भन्नुहुन्छ,”प्रतिकुल मौसमको बाबजुद पनि बाल पर्व गुरही मनाइयो। गुरही पर्वको सबैमा सुभकामना।”

टिकापुर निवासी कवियित्री दिव्या प्रवासी गुर्ही पर्बबारे आफ्नो याद ताजा गर्नुहुन्छ र एक मुक्तक लेख्नुहुन्छ

“बालापनको आदृश्य याद संगै ।

तिम्रो मजाक मिठो बात संगै ।।

कता कता हराउने गर्छु म अचेल ।

तिम्रो हरपल न्यानो साथ संगै ।।”

कोहलपुर निवासी साहित्यकार शेखर दहित गुर्ही पर्बबारे फेसबुकमा स्टाटस लेख्नुहुन्छ

“थारु समुदायले मनाउदै आएका गुर्या पर्वको सन्दर्भमा सुनिदै आएको अनेकौ थारुलोक दन्त्य कथाहरु छन् । धार्मिक कथा पनि छन् । तक्षक नागले राजा परीक्षितलाई टोक्दा भएको मृत्युको प्रसंग पनि सुनिन्छ, । त्यसैगरि अर्को कथा भनेको दिदी भाईको अनुपम सम्बन्धको बारेमा सुनिन्छ । भाईले सधै मन्दिरमा गइ नागलाई दुध दिने रहेछ, जसले गर्दा नाग र त्यो केटोको सम्बन्ध राम्रो थियो । त्यो केटालाई नागले देख्ने वित्तिकै खुट्टामा लडिबुडि गर्ने, मायाले बेटारिने रहेछ । तर एकदिन दिदी भाई मन्दिर गएको बेला नागले केटाको खुट्टामा बेटारिएछ, दिदीलाई उनीहरुको सम्बन्ध थाहा थिएन । आफ्नो भाईलाई सर्पबाट बचाउनलाई दिदीले सर्पलाई मारेछ । सर्प र भाईको अगाढ प्रेमको कुरा सुनेपछि दिदी पछुटो मान्छिन् । गल्ति त ठुलै भयो तर त्यसको सजाय स्वरुप दिदीलाई सजाय दिनु भन्दा दिदीको प्रतिमुर्ति गुडिया । गुर्या बनाई केटाहरु पिट्ने थाले, पछि यो हरेक बर्ष शुक्ल पक्षको पन्चमी तिथिमा परम्पराको रुपमा देखियो । साथै परिक्षित राजाका कथामा पनि उनका सन्तानले आफ्ना नगरभरिका महिलाहरुलाई नगरको चौकमा ल्याई सबैलाई यातना दिएर मारेको धार्मिक ग्रन्थमा भेटिन्छ । हाम्रा थारु लोकदर्शन, लोक कथा, संस्कृति, परम्परा, विश्वास, मूल्य मान्यता जे भएपनि यो पर्वले भने मलाई नारीप्रति, आफ्ना छोरी चेलीप्रति गरिने हिंसा, विभेद, यातनाको प्रतिबिम्बित गर्दछ । नारीप्रति गरिने दुव्र्यहारलाई प्रतिकात्मकरुपमा ईगित गर्ने भएता पनि यो पर्वले भने मेरो मनलाई पोल्छ ।तर यो दिनमा नागदेवता प्रतिको श्रद्धा, आस्था,पशुप्राणी प्रतिको माया मोह, यस धर्तिमा भएका सम्पूर्ण जिवजनावरको बाच्न पाउने हकलाई सम्मान गर्दै हिंसा, यातना पीडित महिलाहरुप्रति उच्च सम्मान गर्दै नाग पन्चमीको सम्पूर्णलाई शुभकामना दिन भने हृदयदेखि मन लाग्छ ।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ