Screenshot_2025-05-07-16-58-27-595_com.facebook.katana-edit

काठमाडौं : नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा गौतमले भारत र पाकिस्तानबीचक तनावले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले अहिलको अवस्थामा दलहरुबीच विभेद नभइ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेताहरुको अभिव्यक्ति सुन्दा राजनेताको भूमिका नै निर्वाह नगरेको जस्तो महसुस भएको उनको भनाई छ । गौतमले संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवद्र्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरि अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरको त्रास बढिरहेको अवस्थामा नागरिकलाई सुरक्षित गर्ने गरी वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ