Screenshot_20240821-144458_Facebook

काठमाडौं । यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी प्रभावित हुने प्रदेशका रूपमा लुम्बिनी प्रदेश देखिएको छ। सरकारी कार्ययोजनाअनुसार लुम्बिनीमा मनसुनसँग सम्बन्धित बाढी, पहिरो, डुबान तथा अन्य विपद्का घटनाबाट ११ हजार ८१४ घरपरिवारका ५१ हजार ६२६ जना प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ।

प्रभावित जनसंख्याका आधारमा कोसी प्रदेश दोस्रो उच्च जोखिममा रहेको छ। कोसीमा आठ हजार ८६४ घरपरिवारका ३८ हजार ७३६ जना मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ।

त्यसैगरी, मधेस प्रदेशमा आठ हजार ९२ घरपरिवारका ३५ हजार ३६१ जना तथा सुदूरपश्चिम प्रदेशमा सात हजार ६०३ घरपरिवारका ३३ हजार २२७ जना प्रभावित हुने अनुमान छ। वाग्मती प्रदेशमा सात हजार ५२८ घरपरिवारका ३२ हजार ८९७ जना मनसुनजन्य विपद्को प्रत्यक्ष असरमा पर्ने आकलन गरिएको छ।

गण्डकी प्रदेशमा चार हजार ९५२ घरपरिवारका २१ हजार ६४१ जना प्रभावित हुने अनुमान गरिँदा कर्णाली प्रदेशमा तीन हजार १५ घरपरिवारका १३ हजार १७५ जना प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ।

तथ्यांकले यस वर्ष मनसुनजन्य विपद्को सबैभन्दा ठूलो चुनौती लुम्बिनी प्रदेशले सामना गर्नुपर्ने देखाएको छ भने कोसी, मधेस र सुदूरपश्चिम पनि उच्च जोखिममा रहेका प्रदेशका रूपमा चिनिएका छन्। सम्बन्धित निकायहरूले पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ