Screenshot_2026-05-29-18-22-51-964_com.facebook.katana-edit

धनगढीः सरकारले कैलालीमा निर्माणाधीन फाप्ला क्रिकेट रंगशाला तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसद्मा प्रस्तुत गर्दै उक्त रंगशाला समयसीमाभित्र निर्माण सम्पन्न गर्ने बताएका हुन्।

सरकारले खेलकुद पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै फाप्ला क्रिकेट रंगशालालाई प्रदेशस्तरीय तथा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने आधुनिक सुविधासम्पन्न पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ