Screenshot_20220327-160427_Facebook

पन्डित एनअार चुनावमा हाेमिएपछि कि जितिन्छ कि हारिन्छ।हारजित स्वभाविक भएपनि शुरुमा चुनाव हार्दा मलाई नमज्जा भयाे।अहिले आएर थाहा पाइयाे किन के कारणले हारिएकाे रहेछ।मैले हार्ने कारणहरु यस्ता रहेछन्।
`तैंले छलकपट गर्न जानिनस्।´
`पैसा खर्च गर्नुपर्थ्याे ,गरिनस्।´
`केटी देख्नेबित्तिकै दश कदम पर भाग्थिस्,के काम?´
`यसाे कहिलेकाही त जुवातास खेल्नुपर्थ्याे,खेल्याभए पाे।´
`गाउँमा झगडा मिलाउन जाँदा गलत पक्ष र सहि पक्ष छुट्याइदिन्थिस्,कसैकाे पक्षमा नबाेली तटस्थ बस्याभए के हुन्थ्यो ?´
`तेराे भाईले कुन्नि कस्लाई हाे जागिर किन नलगाइदिएकाे अरे?´
`फलानाकाे जागिर किन नजाेगाइदिएकाे अरे तेराे भाईले?´
`तेराे नाता पर्नेले जग्गा किन नमिलाइदिएकाे त नि?´
`सडक ल्याउँछु,पिच गर्छु,पानी ,विध्धुत सबै ल्याउँछु भन्दा के बिग्रन्थ्याे ?´
`सँधै सत्यकाे पक्षमा किन वकालत गरेकाे?´
जुन कारणहरुले मलाई खासै दुखि बनाएनँ,मनमा भने एउटै प्रश्न आइरह्याे-`लाेकतन्त्रमा यस्तै हुन्छ त ?´
(रघुनाथ पण्डित ,व्यास १२,तनहुँ )

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ