उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूलाइ निर्वाचन आयोगले शुक्रबार अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने बताएको छ। वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि गरेको छ ।