Screenshot_20220731-144129_Facebook

धनगढी, १५ साउन । धनगढीमा अटोरिक्सा चालक आन्दोलित भएका छन्। ट्राफिक प्रहरीले सताउने गरेको भन्दै विद्युतीय अटोरिक्सा चालकहरु आन्दोलनमा उत्रिएका हुन्।

अटो रिक्क्सा बाटोको छेउमा रोकेर यात्रुहरुलाइ बसाल्दा ट्राफिक प्रहरीले असव्य बोल्ने गरेको चालकहरुले गुनासो गरेमा छन् । यातायात व्यवस्था कार्यालयले विद्युतीय रिक्सा चालक अनुमती पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा प्रहरीले दैनिक जरिमाना काट्न थालेपछि आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन्।

धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरु रोकेर उनीहरुले प्रहरीविरुद्ध आन्दोलन थालेका हुन्।धनगढीमा लाइसेन्स नभएका अटो चालकबाट प्रहरीले दैनिकजसो पाँच सयदेखि १५ सय रुपैयाँ जरिमाना गराउन थालेको उनीहरुको गुनासो छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ