Screenshot_20220508-184148_Facebook

धनगढी, १६ साउन । कैलालीको कैलारी गाउँपालिकाले साउन १७ गते पालिकाभरि स्थानीय बिदा दिने भएको छ ।
थारु समुदायको गुरही पर्वको अवसरमा सो गाउँपालिकाले सार्वजनिक बिदा दिन लागेको हो । 

आज बसेको गाउँपालिकाको कार्यपालिका बैठकले गुरहीको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मङ्गलबार बिदा दिने सोमबार सूचना जारी गरी जानकारी दिएको छ । गुरहीको दिन गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा बिदा रहने जनाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ