IMG_20250204_205045

धनगढी। नेपाल पत्रकार महासङ्घका तीन जना संस्थापकलाई प्रेस चौतारी नेपाल कैलालीले सम्मान गरेको छ। तत्कालीन नेपाल पत्रकार संघ कैलालीको संस्थापक सचिव भएर काम गरेका हरिलाल गिरी, संस्थापक सहसचिव लोकराज भट्ट र संस्थापक सदस्य धर्मराज पाठकलाई स्थापना दिवसको अवसरमा प्रेस चौतारीले सम्मान गरेको हो।

२७औँ स्थापना दिवसको अवसरमा आयोजित प्रेस चौतारी र पार्टीको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा तीनै जनालाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले प्रशंसा तथा सम्मान पत्र प्रदान गरे।

प्रेस चौतारीले २०५० को दशकताका मिसन पत्रकारिता मार्फत पत्रकारिताको विकास र संगठन निर्माणको आधार तयार पार्न खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको जनाएको छ। हाल नेकपा एमालेमै क्रियाशील रहेका उनीहरू तीनै जना तत्कालीन पत्रकार संघका संस्थापक थिए।

प्रेस चौतारीका जिल्ला अध्यक्ष जनक सिंह विष्टले पत्रकारिताको विकास, पत्रकार महासङ्घको गठन र जिल्लामा प्रेस चौतारीको संगठन निर्माणको आधार तयार गर्न भूमिका खेलेका कारण उनीहरूलाई सम्मान गरिएको बताए।

उनका अनुसार उनीहरूले मिसन पत्रकारितामार्फत समाजलाई सुसूचित बनाउने काम गरेपनि प्रेस चौतारी नेपालले संगठनभित्र अहिलेसम्म समेट्न सकेको थिएन। सोही कारण पनि संगठनले उनीहरूको योगदानको कदर गर्दै सम्मान गरेको उनले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ