IMG_20250204_213111

हसुलिया। कैलाली जिल्लाको कैलारी गाउँपालिकास्थित हसुलियाबाट काठमाण्डौंसम्म बस सेवा सञ्चालनमा आएको छ।

कर्णाली रिभर साइड यातायात प्रालिबाट सञ्चालनमा ल्याएको त्यो बस सेवाको उदघाटन कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी एक कार्यक्रमकको विचमा गरेका छन्। यातायातको सबैलाई आवश्यकता रहेको बताउँदै उहाँले भने ‘कैलारीबाट अर्को ठाउँमा जानको लागी यातायात सेवाको अभाव छ। कैलाली सुगम जिल्ला रहेको तर कैलारी गाउँपालिका दुर्गमको महशुुस भएको छ । काठमाण्डौसम्म बस सेवा सञ्चालन भएपछि सुविधा महशुस भएको छ ।

कैलारीबाट काठमाण्डौसम्म बस सेवा उदघाटन कार्यक्रममा वडा अध्यक्षहुरू, वडा सदस्यहरु, नेपाली काँग्रेस कैलारी गाउँपालिका सभापति कृष्णप्रसाद चौधरी, इलाका प्रहरी कार्यालय हसुलियाको इन्चार्ज, कर्णाली रिभरसाइड यातायात प्रालिका प्रतिनिधिहुरुको सहभागिता थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ