गणेश वर्तमान
घर जलाउनेहरु
खरानी बनाउनेहरु
घर प्रेमी हुन सक्दैनन्
यदि घर प्रेमी हुन्छन् भने
घर जलाउन सक्दैनन् ।
कसैलाई घरको किसन्वा मन परेन
कसैलाई उसको व्यवहार मन परेन
भनेर
आफ्नो जिजुबाको घरमा
क्रान्ति भन्दै आगो झोस्नेहरु
घर जलाउनेहरु
खरानी बनाउनेहरु
घर प्रेमी हुन सक्दैनन्
यदि घर प्रेमी हुन् भने
घर जलाउन सक्दैनन् ।
चाहे कसैलाई सिंहदरबार घरको किसन्वाँ मन नपरोस्
चाहे कसैलाई संसद भवन घरको किसन्वाँ मन नपरोस्
चाहे कसैलाई सर्वोच्च अदालतको किसन्वाँ मन नपरोस्
चाहे कसैलाई अख्तियार घरको किसन्वाँ मन नपरोस्
चाहे कसैलाई शितल निवासको किसन्वाँ मन नपरोस्
चाहे कसैलाई भाटभटेनिको किसन्वाँ मन नपरोस्
किसन्वाँ मन नपरेकै बहानामा
जिउको तातो रगतको सहारामा
घर जलाउनेहरु
घर प्रेमी हुन सक्दैनन्
यदि घर प्रेमी हुन् भने
कसैको उक्साहटमा
कसैको लोभलालचमा
घर जलाउन सक्दैनन् ।।
@गणेश वर्तमान