धनगढी । थारु संगीतको रंगीन संसारमा आज एक नयाँ अध्याय खुल्दैछ — ‘सोनक गहना नै हो’ शीर्षकको मधुर गीत सार्वजनिक भएको छ। मोती रत्नको शब्द र संगीतमा रचित यो सिर्जना आधुनिक प्रविधिको अद्भुत नमुना बनेको छ, जसको युगल स्वर पूर्णतः कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सजीव बनाइएको हो।
Kailari TV युट्युब च्यानलमार्फत प्रस्तुत गरिएको गरिएको छ। सादगी र आधुनिकताको समिश्रणमा बुनिएको यो गीतले थारु संगीतमा इट्टा थप्ने प्रयास गरेको छ।
गीतकार रत्नका शब्दमा भन्नु पर्दा, “थारु कला र संस्कृतिको संरक्षण तथा समृद्धिका लागि गरिएको यो एआई प्रयोग हो। एआईले कुनै कुनै शब्दहरु मौलिक उच्चारण गर्न नसक्ने जस्ता टिका टिप्पणी आउनु स्वाभाविक बरु प्रविधि र सिर्जनशीलतालाई निखारने थलो बन्दै विश्वमा थारू समुदायलाई चिनाउने सानो प्रयास हो।”
यसरी, ‘सोनक गहना नै हो’ केवल एउटा गीत मात्र होइन — यो थारु पहिचानको नयाँ स्वर, प्रविधि र परम्पराको सुन्दर संगम बनेको छ।
गीतको लिंक यहाँ तल छ
हालै सार्वजनिक भएको ‘मान लेनु साथी तुहिन’ शिर्षकको मेलोडी म्युजिक भिडियो सार्वधिक चर्चाको शिखरमा छ । कोरियोग्राफर प्रदीप थारुको निर्देशन, क्रेजल चौधरी र भोजपुरी क्वीनले परिचित सविना चौधरीको अभिनयले म्युजिक भिडिओलाई जिवन्त बनाएको छ । krezz World 7 youtube channel बाट सार्वजनिक गरिएको म्युजिक भिडिओले पाच दिनको अवधिमा 394K लाखको हराहारीमा भ्युज पनि पाएको छ ।