Screenshot_2025-10-30-07-37-37-376_com.facebook.katana-edit

अविनाश चौधरी । कैलालीमा कान्द्रा नदी किनारमा निर्मित हुलाकी राजमार्गले बाँधको काम गरेर स्थानीय बस्ती जोगाएको छ । भजनी नगरपालिका –५ लालबोझी क्षेत्रमा निर्माण गरिएको हुलाकी राजमार्गले नदीको पानी बस्तीमा पस्नबाट रोकेपछि लालबोझीवासीलाई राहत भएको हो ।

हरेक वर्ष डुबान समस्या झेलेको सो गाउँवासीले यसवर्ष डुबानबाट छुट्कारा पाएका छन् । हुलाकी राजमार्ग आयोजना कार्यालयले करिब डेढ किलोमिटर क्षेत्रमा अग्लो हुलाकी राजमार्ग बनाएपछि यस वर्षको बर्खामा डुबान समस्या भोग्न नपरेको स्थानीय खोजराम चौधरीले बताउनुभयो । “हरेक वर्ष डुबान हुँदैआएको यहाँ यस वर्ष डुबान भएन” उहाँले थप्नुभयो, “हुलाकी राजमार्गले बाँधको काम गरेको छ ।”

कान्द्रा नदीका कारण लालबोझी गाउँका कैयौं परिवारको उठिबास भइसकेको छ । विगत वर्षमा नदीले कटान गरेपछि केही परिवार विस्थापित भएका थिए । नदीले हुलाकी राजमार्गसमेत कटान गरेको थियो । कटान गरिएको क्षेत्रमा ड्यामजस्तै उठाएर गतवर्ष त्यसमाथि हुलाकी राजमार्ग बनाइएको थियो ।

राजमार्गले बस्तीलाई सुरक्षित गरेको छ । बाँधजस्तो अग्लो हुलाकी राजमार्गले कान्द्राको पानी सिधै बस्तीमा जानबाट रोकेको स्थानीयले बताएका छन् । गोरखापत्र बाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ