Screenshot_20251102-143614_Facebook

धनगढी। थारु म्युजिक इन्डस्ट्रिमा हालै सार्वजनिक भएको ‘मान लेनु साथी तुहिन’ शिर्षकको मेलोडी म्युजिक भिडियो सार्वधिक चर्चाको शिखरमा छ ।

महेश कुचिलाको जादुमय शब्द र संगीतमा सजिएको गीतको युगल स्वर पूर्णतः प्रविधि (एआई)बाट सिर्जित छ । व्यावसायिक गायक/गायिका बिना नै उच्च स्तरको गीतको सिर्जनाले सो म्युजिक भिडिओले तहल्का मचाइरहेको हो ।

कोरियोग्राफर प्रदीप थारुको निर्देशन, क्रेजल चौधरी र भोजपुरी क्वीनले परिचित सविना चौधरीको अभिनयले म्युजिक भिडिओलाई जिवन्त बनाएको छ ।

krezz World 7 youtube channel बाट सार्वजनिक गरिएको म्युजिक भिडिओले एक दिनको अवधिमा एक लाखको हराहारीमा भ्युज पनि पाएको छ ।

संगीतकार कुचिलाले म्युजिक भिडिओबारे धारणा राख्दै भने, ‘प्रविधिको प्रयोगले कम खर्चमा बढी भन्दा गीत, संगीत सिर्जना गर्न सकिन्छ । थारु कला, संस्कृतिको संरक्षण तथा विकासमा टेवा पु¥याउन सकिन्छ । तर यो गीतको सिर्जनाले वास्तविक कलाकारलाई तल गिराउने अथवा अवमुल्यन गर्न खोजिएको होइन । उहाँहरुको व्यावसायिकतामा आँच पु¥याउने उदेश्य पनि होइन ।’

संगीतकार कुचिला सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका वरिष्ठ लेखा अधिकृत पनि हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ