Screenshot_2025-10-09-22-00-26-125_com.facebook.katana-edit

काठमाडौं । आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । केही ठाउँमा हावाहुरी पनि चल्न सक्छ भने तराईका केही क्षेत्रमा धेरै गर्मी हुने मौसम विभागले जनाएको छ ।

काठमाडौंसहित केही ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।

मौसम विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्नेछ । केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्छ ।

मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढी हुने सम्भावना छ ।

राति पनि देशका धेरै ठाउँमा बादल लाग्ने र केही स्थानमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार यो हप्ताभरि यस्तै मौसम रहनेछ । शुक्रबार पश्चिम तराईसहित देशका धेरै ठाउँमा मध्यम वर्षा हुन सक्छ । अर्को हप्तादेखि भने वर्षा केही कम हुने अनुमान छ ।

अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी क्षेत्रनजिकको न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम विभागले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ