168527537_723908708290857_622875757732761893_n

धनगढी, २१ चैत्र : कैलालीको चुरे गाउँपालिका लगायत सुदूरपश्चिमकाे पहाडी जिल्लाका वनमा डढेलो लागेको छ। 

भीमदत्त राजमार्ग अन्तरगतको चुरे गाउँपालिका, डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको आलिताल गाउँपालिकाका वनमा अहिले आगो दन्किरहेको छ। सबै गरेर करिब २ दर्जन सामुदायीक वनमा डढेलो लाग्दा कसैले निभाउन पहल नगरेको भन्दै स्थानीले गुनासो गरेका छन्। 

सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा त्यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन्। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ