168029375_10224484746497402_3092241165630558549_n (1)

धनगढी, २१ चैत। थारू लेखक संघ नेपालको आयोजनामा यहि चैत २१ र २२ गते सुर्खेतमा हुने राष्ट्रिय थारु साहित्य सम्मेलनको आजदेखि सुरु भएकाे छ ।

कार्यक्रम केन्द्रीय संयोजक डा.कृष्णराजको सभापतित्वमा भएको उत्घाटन कार्यक्रममा देबकुमार सुबेदी, मातृ भाषा साहित्य बिभागका प्राज्ञ लक्ष्मी माली, थारू आयोगको सदस्य भोलाराम चौधरी, सुबोधसिंह थारू, थारू लेखक संघका प्रतिनिधिहरु, जंग्रार साहित्यिक बखेरीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। दुइदिनसम्म चल्ने सम्मेलनमा समकालीन साहित्य, कला तथा संस्कृति बहस, लेखक तथा स्रष्टाहरू र सरोकारवालाहरूबीच बृहत अन्तरक्रिया तथा छलफल भईरहेको छ । थारु बाहुल्य रहेकाे तराइका २४ जिल्लाका थारु लेखक, पत्रकार, साहित्यकार एवं थारु अगुवाहरुको सहभागिता भएको कुरा कार्यक्रम केन्द्रीय संयोजकले जानकारी गराउनु भयो।

उत्घाटन समारोहसंगै यहि वर्ष प्रकाशन भएका दर्जन भन्दा वढि पुस्तकको बिमोचनहरु गरिएको थियो जसमा शेखर दहितद्वारा लिखित ठाँह्रा बत्कोही संग्रह, डा.कृष्णराज सर्बहारीको भुख्ली बाल चित्र खिस्सा पोस्टा, खुट्रक्या बाल चित्र खिस्सा पोस्टा, छविलाल कोपिलाद्वारा लिखित कैलारी बाल चित्र खिस्सा पोस्टा, गिड्रक भोज बाल चित्र खिस्सा पोस्टा, शान्ति चौधरीद्वारा लिखित हमर दुधु बाल चित्र खिस्सा पोस्टा, लँढेया अउर बछिया, जंग्रार साहित्यिक बखेरीद्वारा प्रकाशित जंग्रार जर्नल, थारू पत्रकार संघ नेपाल द्वारा प्रकाशित फुलरिया र कठरिया सन्देश बिमोचन गरिएको थियो।

त्यसैगरि थारु गीतको बाटो कता? शीर्षकमा सुशील चौधरी, बसन्ती चौधरी र राज कुश्मी प्यानिस्टबिच गहन छलफल भएको थियो जसको सहजीकरण बालिका चौधरीले गर्नु भएको थियो। आख्यानको ओज शीर्षकमा आख्यानकार द्वय महेश बिक्रम शाह र नयन राज पाण्डे प्यानलिस्टहरुद्वारा आख्यानको गहनताको बारेमा छलफल भएको थियो जसमा सहजीकरण शेखर दहितले गरेका थिए। त्यसपछि सांझ कविता बाचन कार्यक्रमको संचालन गजलकार सागर कुश्मी र साहित्यकार मान बहादुर चौधरी’पन्ना’ले गरेका थिए जसमा कबि, गज़लकार तथा सर्ष्टाहरुले गज़ल, कविता, मुक्तक बाचन गरेका थिए। यसैगरि दोश्रो दिन थारु पहिचानको सवावलहरु, सुर्खेतमा थारु पहिचान, गैर थारु साहित्यकारको नजरमा थारु साहित्य, लोकसाहित्यको अवसर र सम्भावना लगायत, बाल साहित्य कसरी लेख्ने लगायत विषयमा गहन छलफल हुनेछ । थारु भाषाका विभिन्न पुस्तक प्रदर्शनी तथा विक्रिवितरणको लागि स्टलहरु राखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ