धनगढी २४ चैत्र: नेपाल प्रेस युनियनले पत्रकार महासंघको निर्वाचनका लागि सर्कुलर जारी गरेकोे छ । युनियनले आसन्न निर्वाचन केन्द्रित सर्कुलर जारी गरेको हो ।
सर्कुलर जारी गर्दै युनियनले चुनावी गठबन्धनको भावना विपरीत युनियनका कुनै सदस्यले आधिकारिक उम्मेदवार बिरुद्ध कुनै पदमा उम्मेदवारी दिए वा मतदान गरेको पाइएमा कारवाही गरिने जनाएको छ । सर्कुलरमा उक्त कार्य गरेको पाईएमा युनियनको विधान अनुरुप निजलाई कार्वाही गरिने बताइएको छ ।
यस्तै युनियनले गठवन्धनको सहमति अनुसार उम्मेदवारहरु छनौट गरी शाखा, प्रदेश र केन्द्रको चुनावमा होमिएको जनाएको छ । युनियनका केन्द्रिय अध्यक्ष्य बद्री सिग्देलले सर्कुलर जारी गरेका हुन् ।