60443fdabfe47_vaccine
Advertisements

बीबीसी: कोरोना भाइरसविरुद्धको खोपको एउटै डोजले पनि सङ्क्रमण दरलाई आधासम्म घटाउन सक्ने अध्ययनले देखाएको छ।

फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइएका र त्यसको तीन हप्तापछि सङ्क्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने पब्लिक हेल्थ इङ्ग्ल्याण्ड पीएचईले जनाएको छ।

खोप लगाएको लगभग १४ दिनपछि त्यसले दिने सुरक्षामाथि गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको बीबीसीले जनाएको छ।

पीएचईका अनुसार दुईमध्ये कुनै एक खोप लगाएको व्यक्तिलाई पहिलो मात्रा खोप लिएको चार हप्तापछि लक्षणसहित सङ्क्रमण देखिने जोखिम ६० देखि ६५ प्रतिशतले कम देखिएको छ।  

खोप हाम्रो जीवनलाई साधारण अवस्थामा फर्काउन मद्दत गर्न रहेको भन्दै पीएचईकी खोप प्रमुख डाक्टर मेरी रामसेले खोपले रोगको गम्भीर असर कम गर्ने मात्रै नभई धेरै सङ्क्रमितको ज्यान जोगाउनसमेत सहयोग गर्छ।

प्रमाणहरूले खोप लगाएकाहरु सङ्क्रमित भइहाले पनि  उनीहरुले अरूलाई भाइरस सर्ने जोखिम केही कम हुने देखाएको अनुसन्धानकर्ताले बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ