FB_IMG_1769336039780

वन विनाश र क्षयीकरण रोकेबापत नेपालले करिब ८ अर्ब रुपैयाँ (५ करोड ५० लाख डलर) बराबरको जलवायु वित्त प्राप्त गर्ने भएको छ । शुक्रबार नेपाल सरकार र ‘लिफ कोअलिसन’ बीच यससम्बन्धी ऐतिहासिक सम्झौता भएको हो ।

यो उपलब्धि हासिल गर्ने नेपाल एसियाकै पहिलो देश बनेको छ । सम्झौता अनुसार नेपालले सन् २०२६ सम्म ४० लाख कार्बन क्रेडिट बिक्री गर्नेछ । यसबाट सामुदायिक वनमा आबद्ध ३० लाखभन्दा बढी घरधुरी र ५९ आदिवासी जनजाति समुदाय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

निजी क्षेत्रका लागि समेत कार्बन क्रेडिट खुला गर्ने नेपाल विश्वकै पहिलो देश बनेको छ, जसले नेपाली वनको गौरवलाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ