IMG_20210503_142743-300x284

रमेश सिंह भन्डारी – बैतडीको पुर्चौंडी नगरपालिकाका नगरप्रमुख रणबहादुर कुँवरले पत्रकारमाथि दुव्यर्वहार गरेका छन् ।

 रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जमा कार्यरत पवन अवस्थी आइतबार कार्यालयमा पुग्दा नगरप्रमुख कुँवरले दुव्र्यवहार गरेका हुन् । बैतडीका मिडिया को हुन् ? म चिन्दैन भन्दै मेयर कुँवरले दुव्र्यवहार गरेका पत्रकार अवस्थीले बताए ।

बेला-बेलामा सेवाग्राहीहरुसंग रुखो व्यवहार गर्ने गरेका मेयरले पत्रकारहरुमाथि पनि दुव्र्यवहार गर्न थालेका हुन् ।मेयर कुँवरले सेवाग्राहीसंग मात्रै नभएर जनप्रतिनिधिहरुसंग पनि दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ ।

मेयर कुँवरले दादागिरी शैलीमा नगरपालिकामा कामकाज गरिरहेका वडा नं ८ का वडा अध्यक्ष जनकबहादुर बिष्टले बताए । वडामा सञ्चालन हुने योजनाहरुमा समेत नगरपालिकाका तर्फबाट मेयर कुँवरले सिफारिश दिन आनाकानी गर्ने गरेको उनले बताए । उनले भने ‘नगरपालिकाबाट पनि योजना नदिने अन्य ठाउँबाट आएका योजनाहरुमा सिफारिश नदिने गर्नुभएको छ । यसले गर्दा हामीलाई वडामा काम गर्न असहज भएको छ ।’

यसैबीच रेडियो निङ्गलाशैनीले एक विज्ञप्ती जारी गर्दै आफ्ना कर्मचारीमाथि पुर्चौंडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवरले गरेको दुव्र्यवहारको भत्र्सना गरेको छ ।

प्रबन्ध निर्देशक महेश अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्तीमा लोकतन्त्रको संस्थागत विकासमा मिडियाको ठूलो भूमिका रहेको भएपनि जनप्रतिनिधिहरुले यस्तो व्यवहार गर्नु दुखद भएको उल्लेख गरिएको छ ।काठमाडाै पब्लिकबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ