जित ट्रासन’
ढल्यो
एउटा नश्लवादी अहंकार
ढल्नु नै थियो
उसको तानाशाही संस्कार
खोक्रो राष्ट्रवाद र जालिम देशभक्ति
आखिरमा ढल्नै पर्छ
जतिसुकै बलशाली भए पनि
महाबली ढलेजस्तै ।
ढल्यो
एउटा बेइमानको धरहरा
ढल्नु नै थियो
उसको अधिनायकवादी चुचुरा
आडम्वरी शासक र नाजीवादी शासन
आखिरमा ढल्नै पर्छ
जतिसुकै शक्तिशाली भए पनि
रावण ढलेजस्तै ।
माक्सको ध्वजा देखाएर
सत्तारोहण गरेपछि
भगवानभूमि चिताएर
रथारोहण गरेपछि
सायद होला
लेनिनले वरदान दिएनन्
यसपालि
ढल्यो
एउटा संवेदनाहीन
अराजकताको गाथा
एउटा दिग्भ्रमित
लाल वादशाहको माथा ।