prakash

प्रकाश पौडेल गुलरिया ०४ बर्दिया

चाहत छैन मुस्कानको व्यापार गर्ने ।

आदत छैन चेहरामा श्रृङ्गार गर्ने ।।

मेरो दिल सरकारी अड्डा होइन

यहाँ जसले पनि कारोबार गर्ने ।।

पर्खी रहेछु कस्तो निर्णय आउँछ

मलाई प्यार गर्ने तिरस्कार गर्ने ।।

एउटा दुश्मन आफ्नै धड्कन हो

सोच्छु कसरी मुटुमा प्रहार गर्ने ।।

प्रकाश अन्तिम युद्ध लड्ने पर्छ

समय आएको छ बिचार गर्ने ।।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ