काठमाडौं २९ बैशाख/ जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय गरेको छ।कार्यालयले मंगलबार सूचना जारी गर्दै भेरोसेलको दोस्रो डोज लगाउने मिति जेठ २ बाट तय भएको जनाएको हो। खोप लगाउने केन्द्रहरु काठमाडौंका विभिन्न स्थानीय तहहरुमा तोकिएको छ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसीएस बैठकको मिति २०७८र०१र२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको मिति २०७८र०१र२५ गतेको निर्णय अनुसार दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप भेरोसेल दोस्रो मात्रा अभियान मिति २०७८र०२र०२ गते देखि सञ्चालन हुने भएको छ,ु वागमती स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भनिएको छ।
यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई भेरोसेल दोस्रो मात्रा लगाउने कार्यक्रम छ। यसका लागि सम्बन्धित स्थानीय तहहरुलाई कोभिड(१९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यले आग्रह गरेको छ।
जेठ २ बाट ९ दिनसम्म चल्ने खोप अभियानमा एक लाख ५९ हजार ४ सय ९९ जनालाई खोप लगाउने लक्ष्य राखेको जनाइएको छ।चीनमा उत्पादित भेरोसेलु भ्याक्सिन दिन चैत २५ बाट लगाउन सुरु गरिएको थियो। चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो। उक्त ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट चैत १६ गते नेपालमा ल्याइएको थियो।