Advertisements
मानबहादुर चाैधरी, २ जेठ। कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागु औषध ओसार्ने पक्राउ परेका छन्।
जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाह सीमा क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरीले सुदूर खरब प्रेस लेखेको ज्याकेट लगाएका २५ वर्षीय नरेश जोशीलाई पक्राउ गरेको हो। शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का जोशीले भारतीय नागरिकबाट ७ सय ग्राम खैरो हिरोईन नामक लागुऔषध ल्याएको शसस्त्र प्रहरीले बताएको छ।
उनीसंग सुदूर खबरको परिचय पत्र समेत रहेको छ। उनको साथबाट २ थान मोवाईल, एक थान क्यामेरा, ५ थान बैँकको चेक, एक थान एटीएम, एक थान पश्चिम नेपाल दैनिकको पास, यू.एन ट्रेड कन्सर्नको नाममा रहेको ब्लू बुक बरामद गरिएको सशस्त्र प्रहरीले बताएको छ।