Seti-Hospital-photo.jpeg-24032019074423

8fS6/sf] nfk/jfxLsf sf/0f ;'Ts]/Lsf] d[To' ePsf] cf/f]kdf d[tssf cfkmGtn] 3]/fp u/]kl5 tgfj ePsf] wgu9Ll:yt ;]tL c~rn c:ktfn . tl:j/ ch'{g zfx

Advertisements

धनगढी, २ जेठ । कोरोना अस्थायी अस्पतालको ६० शøयाले संक्रमितको चाप धान्न नसकेपछि धनगढीको सेती प्रादेशिक अस्पतालले सर्जिकल वार्डमा पनि संक्रमित राख्न थालेको छ ।

सर्जिकल वार्डमा ३५ जना संक्रमित राख्न सक्ने व्यवस्था गरिएको छ, तर त्यसले पनि संक्रमितको चाप धान्न सकेको छैन । सेतीमा अहिले एक सय आठजना संक्रमित उपचाररत छन् ।

कोरोनाको लक्षण भएका शंकास्पद बिरामीको चाप उस्तै छ । उपचारका लागि आउने संक्रमित र शंकास्पद बिरामी बढेपछि अस्पलातको बरन्डा, ग्यालरी र बाहिरसमेत राखिएको छ । अस्पतालको पूर्वाधार र जनशक्तिले धान्न नसक्ने गरी चाप बढेको छ ।

संक्रमितको चाप बढ्दा अक्सिजनको माग बढेको छ, तर यसको आपूर्ति भने बढेको छैन । संक्रमितलाई औषधिभन्दा अक्सिजनको बढी खाँचो भए पनि उनीहरूले अक्सिजन पाउन सकेका छैनन् ।

सेतीमा अहिले दैनिक दुई सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ । तर, मुस्किलले एक सय २० वटा सिलिन्डर आपूर्ति भइरहेको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

आइसियू र भेन्टिलेटरमा भर्ना भएका बिरामीलाईसमेत अक्सिजन पु¥याउन अस्पताललाई हम्मेहम्मे परेको छ । संक्रमित र शंकास्पद सबैजसो बिरामीलाई अक्सिजन आवश्यक पर्ने गरेको चिकित्सकले बताएका छन् ।

सेतीको प्लान्टमा दैनिक ५०–६० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । केही सिलिन्डर अक्सिजन धनगढीको मालिका अक्सिजन ग्यास उद्योग र नेपालगन्जबाट आउने गर्छ ।

कतिपय संघसंस्थाले पनि अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने गरेका छन् । यसले पनि अस्पतालको माग धान्न सकेको छैन । अक्सिजन सकिएपछि थप आपूर्ति नहुन्जेल उपचाररत बिरामीले अक्सिजनको पर्खाइमा बस्नुपर्ने अवस्था छ ।

‘अक्सिजन सकिएपछि थप नआउन्जेलसम्म बिरामीले अक्सिजन सपोर्टविनै बस्नुपर्छ ।’ सूचना अधिकारी श्रेष्ठले भने, ‘माग र आपूर्तिमा सन्तुलन नहुँदा समस्या भएको छ ।’

बिरामीको अवस्थाअनुसार अक्सिजन वितरणलाई प्राथमिकता दिने गरेकाले अक्सिजन नपाएर बिरामीको मृत्यु भएको अवस्था अहिलेसम्म नआएको उनको दाबी छ । संक्रमितको मृत्यु हुनुको मुख्य कारण नै समयमा अस्पताल नल्याइपु¥याउनु हो । 

सेतीमा जस्तै यहाँका अन्य अस्पतालमा पनि अक्सिजनको चरम अभाव छ । अक्सिन नहुँदा कतिपय निजी अस्पतालले कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् ।

कतिपयले भर्ना भएका बिरामीलाई पनि रिफर गर्न थालेका छन् । अक्सिजन अभावले निजी अस्पतालमा पनि उपचार पाउने अवस्था आएपछि सरकारी अस्पतालमा संक्रमितको चाप बढेको हो ।

कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले अक्सिजन नहुँदा भर्ना हुन आउने संक्रमितलाई फिर्ता गर्नुपर्ने अवस्था आएको बताए । भर्ना भएका संक्रमितलाई समेत अक्सिजन उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

अक्सिजन सकिएपछि कतिपय निजी अस्पतालले उपचाररत संक्रमितलाई पनि रिफर गर्न थालेका छन् । धनगढीकै मायामेट्रो अस्पतालका सञ्चालक धीरेन्द्र साउदले उपरचाररतले समेत अक्सिजन नपाएका वेला थप बिरामी भर्ना गर्न नसकिने बताए । कतिपय संक्रमित बेड नपाएर पनि आउने गरेकाले भर्नाअघि ‘अक्सिजन दिन सक्दैनौँ भनेर, आफँै जोहो गर्नू’ भनी जानकारी दिने गरेको उनले बताए ।(पश्चिम टुडे)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ