1641383053814
Advertisements


मोती रत्न

याे जिन्दगी यात्रा हाे। कहिले कता त कहिले कता। पेटलाई माम चाहिने जिउनलाई दाम। यसै शिलशिलामा हाम्राे भारतकाे लखनउ अर्थात नवाबीहरुकाे शहरकाे यात्रा शुरु भयाे। एका बिहानै उठेर दाँत माझ्दै, नुहाई-धुवाई गरि तयार भईबर सकिदाँ गरम-गरम नास्ता तयार भैसकेकाे थियाे। म नास्ता खाना बसे र जीवन सँगिनीले पाेकाे पुन्तुराे तयार गर्दै थिईन र अटाे, बस आइ पुग्ने समय हुदैँछ है छिटाे-छिटाे नास्ता गर्नुस भन्ने काेठाबाटकाे आवाज बहरीसम्म आउँदै थियो। नभन्दा नभन्दै अटाे टुपलुक्कै आँगनमा आइपुग्यो। अहिले अटाेकाे सेवा घर-घर यात्रु बाेक्ने र पठाउने गर्दा धेरै सुविधा भएकाे छ । हतार-हतार नास्ता सकिबर आफ्नो पोको पुन्तुरो अटोमा राखी बिदा भए। अटोमा शुरुमा हामी दुई मात्र थियाैँ तर यात्रा अगाडि बढिरहँदा एक-दुई गर्दागर्दै मानिसहरु थपिदै जाँदा म त ड्राइभरकाे छेउकाे सिटमा एक छेउ बसेर धनगढी पुगे। धनगढी पुग्दा बल्ल राहत मिल्याे। धनगढी चाैराहामा साथीहरूसँग भेट भयाे। धनगढीबाट जसै हामी बाेर्डर पुग्याे। काम गर्न जाने मानिसहरुकाे घुँईचाे देखियाे। काेई काखमा बच्चा च्यापेर, काेई काँधमा ठुला-ठुला ब्याग भिरेका, काेई पिच सडकमा सुटकेश गुडाउदै हतार-हतार आ-आफ्नो गन्तव्यस्थल हिडिरहेका थिए। एकातिर बस, ट्याक्सि र अटाे चालकहरुकाे कहाँ जाने, आउनुस् भन्दै थिए। एकातिर इन्डियाकाे बसकाे यात्रा गर्ने मानिसहरुकाे काउन्टरमा भिडभाड देखिदै थियाे। हामी पलिया, लखिमपुरहुदैँ लखनउ पुग्ने सुरमा लमक-लमक अगाडि बढ्याे। इन्डिया प्रवेशद्वारनेर पुग्दा लामाे लाइन थियाे। भारतीय एसएसबिहरुकाे चर्काे आवाज सुनिदै थियो। हामी पनि लाइनमा बस्यो, लामो समय पछि सामान चेकजाँच पछि, आफ्नो नागरिकता देखाएर र रजिस्टरमा नाम ठेगाना लेखेर मात्र भित्र जान दिँदाे रहेछ। हामी खुशी हुदै पलियाको बसमा चढ्यो। दुढवा नेशनल पार्ककाे बाटाे वरिपरि निँउराे देख्दा जीवन सँगिनीले वाह कति धेरै निँउराे टिपेर साग खान पाए मजा आउँथ्यो भन्दै थिई। यसरी गफगाफ गर्दै हामी दुढवा नेशनल पार्क हुँदै जाँदै गर्दा बाटोमा हात्ती, हरिण देखियाे। यसरी हामी पलिया बसपार्क पुग्यौ। हाम्राेतिर मानिसहरुकाे जनसंख्या कम भएर हाेला बसमा त्यति काेचिएर र पसलमा, गाडीमा, राेडमा मानिसहरुकाे चाप कम हुन्छ। पलियाबाट लखिमपुरकाे बस चढ्दा बसमा, बाटाेमा, पसलमा जताततै मानिसहरुकाे भिड बाक्लाे देखिन्थ्याे। हामी बसेकाे गाडिमा धेरै नेपालीहरु देखिन्थे। माम र दामकाे लागि विवश मुहारहरु देखिन्थे। सबैकाे मुहारमा नेपालीपन झल्किल्थ्याे। काखमा नानी च्यापेका एक जना महिला काेचाकाेचकाे भिडमा उभिरहेकी थिइन। आफ्नो बस्ने सिट दिउँ जस्तै भयाे, फेरि साेचे यति लामाे यात्रा आफू कसरी पुग्ने? हामी दुबै जना हाम्राे देशकाे बेराेजगारी कसरी हटाउन सकिन्छ भन्नेबारे गफियाै। एक जना साथीले सोध्नु भयाे कहाँ सम्म जानू हुन्छ? उनले भनिन व्यङ्गलाेर श्रीमानसँग काम गर्न। काखमा रहेकाे नानी मायालु प्रकारले पुलुपुलु हेरिरहेकाे थियाे। जीवन सँगिनीले ईसाराले नानीलाई चलाइन। उ मुसुक्क हाँस्थिन। पछि उनकाे आमालाई गार्हाे भयाे भनेर जीवन सँगिनीले बाेलाईन तर उनी आउन मन गरिन। पछि झोलाबाट टफि निकालेर दिँदा आइन र उनको आमालाई राहत भयो। नानीसङ्ग गफिदै जाँदा हाम्राे यात्रा छाेटाे भएकाे अनुभव भयाे। यसरी हामी लगभग साँझ ६ बजेतिर लखनउ पुग्याे। जहाँ ३८ लाख जनसंख्या छ। भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशको राजधानी लखनउ हो याे। लखनउलाई भारतमा राज गर्न पुगेका नवाबहरूले बनाएका थिए अरे। उनीहरूले बनाउन लगाएका सुन्दर भवन, बगैंचाका साथै संगीत र नृत्यले लखनउ चर्चित भएको थियो। त्यहाँ ठाउँहरुकाे नाम पनि चारबाग, तेलीबाग जस्ता धेरै बागहरुले भरिभराउ छ। त्यहाँका वैभवलाई पछि शासन गर्न पुगेका बेलायतीले विस्तार गरे अरे। त्यसैले अहिले पनि लखनउ कलाप्रेमीका लागि उत्कृष्टमध्ये एक गन्तव्य स्थान पनि हो। हामी अफिसकाे सानाे सेन्टरमा राति त्यही बस्नुपर्ने थियाे। हामी सरासर उतै लाग्याे बाटाेमै चिकन बरयानी खायाैँ। हामी बस्ने रुम पुगी निन्द्रादेविकाे काखमा पल्टिएर मस्तसँग आराम गर्‍यो।

टुँडे कबाबकाे स्वाद
दाेस्राे दिन लखनउको परिकार टुँडे कबाब चाख्नु थियाे। हामी लखनउकाे सुप्रसिद्ध पिजिआइ हस्पिटलकाे छेउमा रहेकाे सभाखेडा सेन्टरबाट अमिनावादमा रहेकाे टुँडे कबाब पसलतिर लाग्यौं। सन् १९०५ मा स्थापना भएको टुँडे कबाब हाे अरे। साथीहरू सबैले पहिले टुँडे कबाब मगाए। हामीले त्यहाँ विभिन्न परिकारहरु कबाब, बिरयानी, कुल्फी, चिकेन मसाला, मलाई मखन, खस्ता कचोरी, चाट जस्ता खाना लखनउका लोकप्रिय परिकारकाे मेनु हुन्। याे झण्डै १२० वर्ष पुरानो टुँडे कबाब वा अरसिदको बिरयानी वा प्रकाशको मुसुद कुल्फी वा शर्माजीको चिया लखनउ पुगेपछि पुग्नैपर्ने ठाउँ हुन्।


इमामबडा भुलभुलैया

त्यहि दिन हामी भुलभुलैया जाने याेजना बनायाे। प्राय: लखनउमा ट्याक्सी, अटाे अनलाइनमा बुकिङ हुँदाे रहेछ। सँगै रहेकाे साथीले उबर बुकिङ गर्नु भयाे। ५/१० मिनेटपछि ट्याक्सी आइपुग्यो। हामी भुलभुलैयातिर लाग्यौँ। आश्चर्यजनक तथा उत्कृष्ट शिल्प प्रयोग भएको इमामबडा इश्लामी शासनताकाको उत्कृष्ट सिर्जना हो अरे। सन् १७७३ मा शुरू गरेर १८८४ मा निर्माण सम्पन्न भएको यो संरचना मुगल शैलीको सुन्दर मस्जिदका साथै लुक्नका लागि बनाइएको विचित्रको भुलभुलैया र सुरक्षाका लागि निर्माण गरेको पानीको तलाउका कारण चर्चित छ। जहाँको भुलभुलैयामा पसेपछि पथप्रदर्शकको सहारा विना बाहिर निस्कन गाह्रै हुन्छ अरे । पस्नुभन्दा पहिले जुत्ता, चप्पल नलगाई जानू पर्दाे रहेछ। जुत्ता, चप्पल जमा गरि टाेकन लिएर खाली खुट्टा गयौं। भुलभुलैयाकाे तिकटसँगै पथप्रदर्शकलाई लिएर भुलभुलैयामा प्रवेश गर्न गयौं। पथप्रदर्शकले भुलभुलैयाकाे भुँइतलाबाट शुरु गर्याे । प्रत्येक रुममा लगेर त्यसकाे व्याख्याले हाम्राे उत्सुकता बढ्दै थियाे। यसरी गर्दै हामी साँगुरो बाटाे पहिलाे तलामा पुग्याे। झुक्किने बाटाे, उस्ता उस्तै बाटाे हामीलाई चकित पार्दै थियाे। पथप्रदर्शककाे पछि पछि एक अर्काकाे हात समातेर अगि बढ्दै गयाे। बाटाे अन्ध्याराे थियाे। पथप्रदर्शकले समय समयमा पहिलाकाे सुरक्षाकाे लागि विभिन्न प्वालबाट नै सेनाहरुले आफ्नो सेना र अरुको सेना पहिचान गर्ने कुराको ब्याख्या गर्दै थियो। पथप्रदर्शकले भित्ताको पनि कान हुन्छ भनेर आफू अगाडी गएर आवाज सुन्न लगायो। पथप्रदर्शकले विभिन्न बाटो भएर छटमा लगेर छोर्दियो । एक छिन हामि छ्टबाट फोटो खिच्यो र थकाइ मारेर तल आउने प्रयास गर्यो जता गए पनि बाटो सकिराछ। तल खस्ने जस्तो हुन्दै थियो। सबै जना असिना पसिनै भयाै। अरु मानसिहरु पनि झुक्किदै, भुल्लिदै थिए हामी जस्तै । लामो प्रयास पछि हामी तल ओर्लिन सफल भयाै। र अर्काे पानीकाे कुवा भएकाे बिल्डिङमा पथप्रदर्शकलाई पस्यो जसमा गेटबाट भित्र पस्नेहरुकाे सिसिटिभि क्यामेरा जस्तै चित्र देखिन्छ। पथप्रदर्शकले हामीलाई सिढि गर्न लाउँदै तलकाे तलातिर लग्यो जहाँबाट गेटबाट छिर्ने व्यक्तिहरुकाे फाेटाे पानीमा देखिन्छ। हामीलाई याे अत्यन्तै राेचक लाग्याे । राजालाई आदर दिन अलि कम उचाइमा ढलान भएको यो बिल्डिङ अत्यन्तै राेचक लाग्याे। लखनउ पुगेपछि याे पुग्नैपर्ने ठाउँ हुन्।

शताब्दी पुरानो चिडियाघर
अर्काे दिन हामी लखनउमा रहेकाे चिडियाघर जाने याेजना भयाे। करीब सन् १९२१ तिर स्थापित यो चिडियाघरमा उष्ण हावापानीमा पाइने थुप्रै जनावर छन्। हामी उबर ट्याक्सी चढेर चिडियाघर पुग्याै। खास गरी सिंह, सेतो बाघ, पुतली, मृग, बाघ, माछा, सर्प यहाँका विशेषता हुन्। हामी हिड्दै विभिन्न क्षेत्रमा पुग्याे। उसकाे यरिया धेरै छ, त्यसैले अवलाेकन गर्न सानाे ट्रेनकाे पनि व्यवस्था गरिएकाे छ। हामी विभिन्न जनावरहरु हेर्दै गाेहीकाे आकार डिजाईनमा बनेकाे प्रवेश द्वार भएको घरमा विभिन्न पुतली, माछाहरु पनि हेर्याे। याे चिडियाघरमा सृष्टिहरु हेरेर रमाइयाे।

लखनउमा सुतीका सामान, चिकेनकारी साडी र कुर्ता, हिरा र सुनका गहना, स्थानीय अत्तर, झोला, परम्परागत नग्रा जुत्ता र हस्तकलाका सामानको लागि प्रसिद्ध छ।

त्यस बाहेक अहिले खुलेका नयाँ आधुनिक सपिङ मलमा थुप्रै अन्तर्राष्ट्रिय ब्रान्डका सामान सजिलै किन्न पाइन्छ। परम्परागत र आधुनिक दुवै सामग्री किन्न चाहनेका लागि यो नजिकको गन्तव्य पनि हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ