धनगढी । कैलालीको अस्थायी राजधानी तथा सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार बाट भारतको व्याङ्लोर जानका लागि ल्याएका नागरिकलाई बस समितिले पलियामा अलपत्र पारेका छन ।
कार्तिक १३ गते बुधबार विभिन्न समिती मार्फत टिकट काटेर रोजगारको शिलशिलामा भारतको बेङ्ग्लोर जानका लागि ३५०० भारतीय रुपैयाँ तिरेर आएका नागरिकलाइ पलियामा अलपत्र पारेको हो ।” कैलालीको घोडाघोडी नगरपालिका वार्ड न ६ घर भएकी कल्पना विकले भने आफू सहित भाईलाई भारत लगेर जानको लागि १६ हजार ८ सय को ३ टिकेट काटेर आएको भए पनि समितिले अलपत्र पार्दा आफुले चिसो आकासमा रात बिताउन परेको बताएका छन । धनगढीका विभिन्न बस समितिले आफ्ना मान्छे मार्फत करिब ३ सय देखि ४ सय सम्मका नागरिकलाइ पलियामा अलपत्र पारेको हो उनले बताईन् । आफुले अछाम होटलको भित्र रहेर बस काउन्टर चलाए टिकट काटिरहेको श्री केदार टुर एण्ड ट्रावल्स मार्फत ३५०० भारतिया रुपैका दरले ३ टिकट काटेका थिए ।
त्यस्तै अर्को ट्राभल्स श्री जयलक्ष्मी सेतिलुम्बिनी टुर एण्ड
ट्राभल्स प्रालि मार्फत ३५०० का दरले एक टिकट काटेका थिए । भारतको बेङ्ग्लोर जानको लागि काटेको टिकट राती १ बज्दा सम्म बस ले आफुलाइ नलग्दा आफू समस्यामा परेको कैलाली का प्रेम राज क्षेत्रीले बताएका छन । आफुले बस समितिका मान्छेलाइ बेलाबेला सम्पर्क गर्दा नि कसैले फोन नउठाउने गरेको बताएका छन । नेपाल देखि रोजगारी को शिलशिलामा भारतको बेङ्ग्लोर जानलागेका प्रेमराज क्षेत्री मात्र हैन उनी सहित अन्य करिब ३ सय जति नागरिक पलियामा अलपत्र परेका छन । जसमा अधिकांस बालबालिका रहेको र त्यसमा पनि अशक्त नागरिक उपचारको लागि समेत जानको लागि आएका नागरिक रहेका छन् ।