हसुलिया, १४ कार्तिक । कैलाली जिल्लाकाे कैलारी गाउँपालिका वडा नम्बर ४ भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, अव्यस्थित बस्ती, मुक्तकमैया परिवारलाई जग्गाकाे निस्सा वितरण भएकाे छ ।
वडा नम्बर ४ काे भूमिहिनहुरुलाई निस्सा वितरण कार्यक्रम मंगलबारकाे दिनबाट भित्तरिया र मुडा टोलबाट शुरुवाट गरेकाे कैलारी गाउँपालिका वडा नम्बर ४ काे वडा अध्यक्ष ठागुराम चौधरी बटाउनुभयाे । वडा नम्बर ४ मा करिब ५ सय जनालाई जग्गाकाे निस्सा वितरण गर्ने लक्ष्य लिएर शुरुवाट गरेकाे पहिलाे दिन ५० जनालाई भुमिहिन, मुक्तकमैया, अव्यस्थित, दलित समुदायकाे परिवारलाई जग्गाकाे निस्सा वितरण गरेकाे उहाँले बटाउनुभयाे ।
आज (बुधबारकाे दिन) वडा नम्बर ४ स्थित खल्ला टोल र सुन्दरपुरमा जग्गाकाे निस्सा वितरण गर्ने वडा सचिव श्री प्रसाद चौधरी बटाए । अाफुहरु लामाे समयसम्म बसेकाे जग्गाकाे कुनै प्रमाण नरहेकाे तर जग्गाकाे आज निस्सापाए पछि खुशी लागेकाे महेश्वर कुमालले खुशि व्यक्त गरे । निस्सा वितरण कार्यपालिका सदस्य लालबहादुर विक, वडा सदस्य मोहनलाल चौधरी, हरिद्वारी चौधरी, लक्ष्मी चौधरी, सुवा परियारलगायतले गरेका थिए ।